नियम
वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण
: (१) ऐनको दफा ५ को उपदफा (१) बमोजिम कुनै वस्तु वा सेवाको गुणस्तर वा. मापदण्ड निर्धारण गर्दा नेपाल सरकारले देहायको आधार लिन सक्नेछः-

(क) त्यस्तो वस्तु वा सेवाको सम्बन्धमा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाले निर्धारण गरेको गुणस्तर सम्बन्धी मापदण्ड,

(ख) त्यस्तो वस्तु वा सेवा उत्पादन गर्ने अन्य मुलुकले निर्धारण गरेको गुणस्तर सम्बन्धी मापदण्ड । (२) उपनियम (१) बमोजिम वस्तु वा -सेवाको गुणस्तरको मापदण्ड निर्धारण गर्दा सम्भव भएसम्म त्यस्तो वस्तुको उत्पादक वा सोसँग सम्बन्धित प्राविधिक ज्ञान भएका विज्ञसँग समेत परामर्श गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम -निर्धारण गरिएको मापदण्ड विभागले सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत राख्नु पर्नेछ।